२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ? उपप्रधानमन्त्री पोखरेलले दिए जानकारी

कात्तिक १३, २०७६
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ? उपप्रधानमन्त्री पोखरेलले दिए जानकारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

‘उहाँ फलोअपका लागि अस्पताल आउनुभएको हो । अवस्था सामान्य छ । एकछिनमा अस्पतालबाट निस्कनुहुन्छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीलाई बुधवार बिहान ११ः२३ बजेदेखि ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ । ओलीको उपचार उनका निजी चिकित्सक दिव्या सिंह र सुवास आचार्यले गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्