११ असार २०८३, बिहीबार

अस्पतालले भन्याे, प्रधानमन्त्री ओली भोलिसम्ममा डिस्चार्ज हुने

कात्तिक १३, २०७६
अस्पतालले भन्याे, प्रधानमन्त्री ओली भोलिसम्ममा डिस्चार्ज हुने
फाइल फोटो

काठमाडौँ –प्रधानमन्त्री केपी शर्माको स्वास्थ्य अवस्थाका बारेमा चारैतिर चासो फैलिएपछि उनी उपचारार्थ रहेका ग्रयाण्डी अस्पतालले विज्ञप्ति निकालेर स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीका निजि चिकित्सक डाक्टर दिव्यासिंह शाह र ग्रयाण्डी इन्टरनेसनल हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा ओलीको स्वास्थ्यपरीक्षण सकिएपछि बुधवार साँझ या बिहीवारसम्म डिस्चार्ज गरिने बताइएको छ ।

बुधवार बिहान करीब १० बजे अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई साढे ११ बजे आइसीयुमा भर्ना गरिएको थियो । ओलीलाई भेट्न आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य फलोअपका लागि आएकाले केही बेरमै डिस्चार्ज हुने बताएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले पनि नियमित स्वास्थ्यपरीक्षण भएकाले समय नलाग्ने बताएका थिए । तर अपरान्ह अचानक ओलीलाई ज्वरो बढेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

ओलीको उपचार उनका निजी चिकित्सक दिव्यासिंह शाह र सुवास आचार्यले गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्