१७ असार २०८३, बुधबार

थाइल्यान्डका राजाले दरबारका ४ अधिकारी बर्खास्त गरे

कात्तिक १४, २०७६
थाइल्यान्डका राजाले दरबारका ४ अधिकारी बर्खास्त गरे

काठमाडौं – थाइल्यान्डका राजा महा वजिरालङकर्नले आफ्नी शाही संगिनीलाई बर्खास्त गरेको केही दिनपछि थप चार दरबारी अधिकारीलाई हटाएका छन् । 

थाइ राजदरबारले मंगलवार जारी गरेको सूचनाका अनुसार, राजाले दुई दरबारी अधिकारीहरूलाई विवाहेतर सम्बन्ध राखेको र हिंस्रक आचरण गरेको आरोपमा बर्खास्त गरेका हुन् । 

उनीहरूले गरेको भनिएको अपराधको कुनै विवरण त दिइएको थिएन तर सूचनामा ती दुईजनालाई दरबारको शयनकक्षको निगरानी गर्ने जिम्मेवारी दिइएको उल्लेख छ । 

ती दुवैबाट लेफ्टिनेन्ट कर्नेलको दर्जा खोसिएको छ र शाही विभूषण पनि फिर्ता लिइएको छ । 

अर्को घोषणामा थप दुई सैन्य अधिकारीहरूलाई शाही गार्ड अधिकारीको दायित्वका बारेमा अज्ञानता पालेको र पदीय मर्यादाअनुरूप आचरण नगरेको भन्दै बर्खास्त गरिएको उल्लेख छ । 

नौ दिनअघि मात्र राजाले शाही संगिनी सिनीनात वोङवजिरापक्डीको सबै उपाधि, हैसियत । सैन्य दर्जा खोसेका थिए । उनलाई तीन महिनाअघि मात्र ती उपाधिहरू दिइएको थियो । 

सीएनएनबाट

salt training

कमेन्ट गर्नुहोस्