०१ साउन २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड भ्रमणमा

कात्तिक १६, २०७६
भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड भ्रमणमा

काठमाडौं –  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा  शनिबार बिहान थाइल्याण्ड  प्रस्थान  गरेका छन्। 

भ्रमणका क्रममा उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक साझेदारी (आरसिइपी) को सम्मेलनमा सहभागीता जनाउने भएका छन् ।

सम्मेलनमा सहभागी हुने बाहेक उनले आजै बैङ्ककमा आयोजना हुने सामुदायिक कार्यक्रम “सवस्दी पिएम मोदी” लाई पनि सम्वोधन गर्नेछन्। 

भारतको विदेश मामिला मन्त्रालयका अनुसार नोभेम्बर ३ तारिखका दिन उनले आसियानको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ । 

बैठकमा भारत र आसियान अन्तर्गतका अन्य देशहरुको आपसी सम्वन्धका बारेमा छलफल हुने जनाइएको छ ।

त्यसपछि उनी थाईल्याण्डका प्रधानमन्त्रीद्धारा आयोजित विशेष भोजमा सहभागी हुनेछन् ।

आसियानका सदस्य देशका प्रमुखहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अन्य साझा चासोका विषयसँगै विश्वव्यापी दिगो विकासका बारेमा पनि छलफल गर्नुहुने विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्