काठमाडौं, ५ पुस- संसद्को गतिरोध खुलाउन सभामुख ओनसरी घर्तीले दलहरूबीच सहमतिका लागि पहल थालेकी छिन् । उनले सोमबार आफ्नै कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरूलाई बोलाएर तीन दिनभित्र सहमति गर्न आग्रह गरेकी छिन् ।

सो छलफलमा प्रधानमन्त्री प्रचण्डले एमाले उपाध्यक्ष वामदेव गौतमलाई ‘संघीयताको विरोधमा बोल्नुभयो रे, के हो यो’ भनी सोधेका थिए । जवाफमा उनले भने, ‘यस्तै तरिका हो भने संघीयता कसरी सफल हुन्छ मात्र भनेको हुँ । संघीयताविरुद्ध बोलेको होइन ।’ नयाँ पत्रिकाले खबर छापेको छ |