२३ जेठ २०८३, शनिबार

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने : उपप्रधानमन्त्री पोखरेल

कात्तिक १६, २०७६
सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् ।

धुम्बाराहीमा धन्वन्तरी पार्कको शनिवार उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैंचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए ।

उनले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्ने समेत बताए । ‘स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्छ,’ उनले भने, ‘जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।’

यसैगरी प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरूआत भएको बताए ।

उनले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गरे । संघीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उनले अहिले विकासका कामले गति लिएको बताए । पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको करीब १२ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्