३१ जेठ २०८३, आइतबार

घाँस काट्न जङ्गल गएकी महिला मृत फेला

कात्तिक १६, २०७६
घाँस काट्न जङ्गल गएकी महिला मृत फेला

घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् । चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् । 

    घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि खोजतलास थालिएको उनका पति इनुस मियाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महुली खोलाको पश्चिम कुलोमा उनलाई मृत भेटाएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्