२४ जेठ २०८३, आइतबार

दिल्लीमा प्रहरी र वकिलबीच कुटाकुट, लकअपमा लुकेर ज्यान बचाए प्रहरीहरूले

कात्तिक १७, २०७६
दिल्लीमा प्रहरी र वकिलबीच कुटाकुट, लकअपमा लुकेर ज्यान बचाए प्रहरीहरूले

काठमाडौं – दिल्लीको तीस हजारी अदालतमा शनिवार प्रहरी र वकिलहरूबीच हिंस्रक झडप हुँदा २० प्रहरी घाइते भएका छन् । 

पुरानी दिल्ली कोतवालीका एसएचओलाई १० वटा टाँका लगाउनुपरेको छ । एक कन्स्टेबल गम्भीर रूपमा घाइते भएका छन् र आईसीयूमा भर्ना गरिएका छन् । 

प्रहरीहरूले लकअपमा आफूलाई थुनेर ज्यान जोगाउनुपरेको छ । 

वकिलहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले आफूलाई बचाउन लकअपतर्फ गएर बन्द गरेका थिए । 

वकिलहरूको भीडले लकअपको ताल्चा फोर्ने कोशिश गरेको थियो । ताल्चा फोर्न नसकेपछि लकअपको अघिल्लो भागमा उनीहरूले आगजनी गरे । 

पछि प्रहरीहरूले वकिलहरूलाई लकअपलाई बाहिर निकाले र लकअपलाई सेफ जोन बनाउँदै फोर्स नआउन्जेलसम्म त्यहीँ लुकिबसे । 

झगडा सामान्य विषयमा भएको थियो । अदालत परिसरमा एक वकिलले गलत ठाउँमा गाडी पार्क गरे । प्रहरीले तुरुन्त गाडी हटाउन भनेपछि वकिलसँग झगडा भयो । 

झगडा बढ्दै गएपछि अरू वकिल पनि मिसिए । प्रहरीले केही वकिलहरूलाई कोर्टकै लकअपमा थुनिदियो अनि त वकिलहरू उग्र भए । 

वकिलहरूले सञ्चारकर्मीहरूसँग दुर्व्यवहार गरे । अनेकौं मानिसको मोबाइल फोन खोसेर क्षतिग्रस्त बनाइयो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्