१२ असार २०८३, शुक्रबार

सुनकोशी बस दुर्घटना : मृत्यु हुने यात्रुको संख्या १३ पुग्यो

कात्तिक १७, २०७६
सुनकोशी बस दुर्घटना : मृत्यु हुने यात्रुको संख्या १३ पुग्यो

मेलम्ची – अरनिको राजमार्ग अन्तर्गत सुकुटेबाट सुनकोशी नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । १० जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीय ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शव खोलाले बगाएको छ ।

दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार जारी रहेको बताए ।

घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौं लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्