१० असार २०८३, बुधबार

म्याग्दीमा पनि बस दुर्घटना, ४ जनाको मृत्यु

कात्तिक १७, २०७६
म्याग्दीमा पनि बस दुर्घटना, ४ जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् ।  

दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमको घुम्तीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन् । दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।  घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ । घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्