०४ असार २०८३, बिहीबार

यी हुन् नेकपा र काँग्रेसले संरक्षण दिएका गुण्डा नाइके

कात्तिक १८, २०७६
यी हुन् नेकपा र काँग्रेसले संरक्षण दिएका गुण्डा नाइके
तस्बिर : कान्तिपुर

प्रहरी इन्काउन्टरमा मारिएका बाहेक जघन्य अपराधका केही गुण्डा नाइके जेलमा रहेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

केहि फरार र केही अनुसन्धान क्रममा छन् । उनीहरु राजनीतिक संरक्षणका लागि विभिन्न दलमा आवद्व छन् । 

निर्माण सामग्री बिक्रीमा ठगी अभियोग लागेका बाघे भनिने शुकबहादुर लामा केही साताअघि पक्राउ परेपछि काँग्रेस नेताहरुले प्रहरीलाई फोन गरेर छाड्न दबाब दिए । जुवाको खालबाट समातिएका बले भनिने बलराम सापकोटालाई पनि छुटाउन नेकपाका नेताहरुको दवाव आयो । 

प्रहरीको क्राइम रेकर्ड अनुसार राजधानीमा ३६ जना गुण्डा नाइके विभिन्न दलका राजनीतिक संयन्त्रमा सक्रिय छन् । उनीहरुलाई सत्तारुढ नेकपा, प्रतिपक्षी काँग्रेस र अन्य साना दल तथा पूर्वराजावादी समूहले संरक्षण दिने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्