२४ जेठ २०८३, आइतबार

हङकङमा एकजना राजनीतिकर्मीको कान टोकेर रक्ताम्मे

कात्तिक १८, २०७६
हङकङमा एकजना राजनीतिकर्मीको कान टोकेर रक्ताम्मे

काठमाडौं – हङकङमा आइतवार चक्कु लिएर हिँडेका एक व्यक्तिले धेरैजनालाई त्यसले प्रहार गरेका छन् र एक नेताको कान टोकिदिएका छन् । 

यो रक्ताम्मे आक्रमण हङकङ टापुको सिटीप्लाजा नामक शपिङ कम्प्लेक्समा भएको हो । स्थानीय मिडियाका अनुसार, आक्रमणकारीले हङकङ चीनको हो भनेका थिए । 

उक्त व्यक्तिले जिल्ला पार्षद एन्ड्रु चिउको कान टोकिदिएका थिए । चिउले उनलाई चक्कु प्रहार गरेर भाग्न लाग्दा रोक्न खोजेका थिए । त्यसपछि आक्रमणकारीहरूलाई भीडले बेस्सरी कुटपिट गरेको थियो । पाँचजना घाइते भएका छन् र तीमध्ये दुईजनाको स्थिति गम्भीर छ । 

विरोधकर्ताहरूले अन्लाइनमा सन्देश पठाएर सात ठाउँमा भेला हुन भनेका थिए र आइतवार राति आक्रमण्म गरिएको थियो । 

दंगा प्रहरीहरू पोजिसनमा बसेर मानिसलाई पक्राउ गर्ने, भीड तितरबितर पार्ने र क्यारी लामको कार्यालयसँगैको पार्क जाने बाटो रोकेर बसेकाले जुलूस निस्कन पाएनन् ।

उत्तरतर्फको न्यु टेरिटोरिजमा रहेका दुईवटा मलमा विरोधकर्ताहरूले पसलहरूमा तोडफोड गरेका थिए, पेन्ट फालेका थिए र जापानी फास्टफूड चेन योशिनोयाको एक शाखामा आक्रमण गरेका थिए । उक्त चेनका मालिकले हङकङ

प्रहरीको समर्थन गरेपछि विरोधकर्ताहरूले त्यसलाई तारो बनाउँदै आएका छन् । 

एउटा मलमा प्रहरीतर्फ वस्तुहरू फालिएपछि प्रहरी दौडेर पुगेको छ । अर्कोमा विरोधकर्ताहरूले छाता र तारले मलको प्रवेशद्वार बाँधेर प्रहरीलाई प्रवेश गर्नबाट रोक्न खोजेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्