२५ जेठ २०८३, सोमबार

लागुऔषधसहित २ युवक पक्राउ

कात्तिक १८, २०७६
लागुऔषधसहित २ युवक पक्राउ

सुर्खेत –जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित सोमवार दुई युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत चिसापानीका २६ वर्षीय नवीन खड्का र सोही नगरपालिका–११ सुर्खेत पिपिरा चोक बस्ने २४ वर्षीय रमेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। 

पक्राउ परेका खड्काबाट ८० मिलिग्राम र थापाबाट एक ग्राम लागुऔषध बरामद गरिएको प्रवक्ता रावलले बताए। 'हामीले शङ्काका आधारमा एक्लै बसेको अवस्थामा खड्कालाई र सडकमा हिँडिरहेको अवस्थामा थापालाई खानतलासी गरेका थियौँ', उनले भने, 'दुवैको साथमा लागुऔषध भेट्यौँ ।'
 

salt training

कमेन्ट गर्नुहोस्