
काठमाडौं– डा. गोविन्द केसीले डडेल्धुरा पुगेर १७औं अनशन शुरू गरेका छन् ।
डडेल्धुरा पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत हो ।
डा. केसी डडेल्धुराको अमरगढीस्थित एक क्लिनिक रहेको घरको दोस्रो तल्लामा अनशन बसेका छन् ।
अनशन बस्नुअघि उनले आफ्नो रगतको नमूना परीक्षणका लागि दिएका थिए ।
चिकित्सा शिक्षा क्षेत्रमा ब्याप्त बेथिति अन्त्य लगायतका माग राख्दै आएका केसीले यसपटक ५ बुँदे माग अघि सारेका छन् ।
२०७५ साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, सबै मेडिकल कलेजले अवैधानिक रूपमा संकलन गरेको रकम फिर्ता गर्नुपर्नेदेखि संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा राजनीतिक नियुक्ति हुन नहुनेसम्मका माग उनले अघि सारेका छन् ।