०५ असार २०८३, शुक्रबार

काठमाडौँको जैसीदेवलमा भेटियो मानव कंकाल

कात्तिक २०, २०७४
काठमाडौँको जैसीदेवलमा भेटियो मानव कंकाल
काठमाडौँ, ५ पुस – १८ औँ शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको आजको नेपाल समाचारपत्रमा खबर छ ।
पुरातात्विक महत्वको सो सम्पदा २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्ने क्रममा डढेको अवस्थामा कंकाल भेटिएको हो ।

कंकाल भेटिएपछि पूरातत्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ । करिब १ सयफिट जमिनमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही जनावर र मानव हड्डी भेटिएको जानकारी गराउँदै सो विषयमा अध्ययन भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्