काठमाडौं, २४ चैत – गाउँको पञ्चायतमा ५० वर्षअघिको समाज चित्रण गर्न खोजिएको चलचित्र ‘पञ्चायत’ को फस्ट लुक सार्वजनिक भएको छ ।
नीता ढुंगाना र सरोज खनाललाई पोस्टरमा देख्न सकिन्छ । शिवम् अधिकारीले निर्देशन गरेको चलचित्रमा रुपा राना, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय छ ।

५० वर्षअघिको सामाजिक परिवेशमा त्यतिबेलाको समाजलाई प्रस्तुत गर्न खोजिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र आउँदो वर्षको फागुनसम्म प्रदर्शनमा आउने बताइएको छ ।