काठमाडौं, २४ चैत – नेपाली चलचित्र ‘सुब्बा साब’ युट्युब रिलिज भएको छ । चलचित्रले हलबाट भने त्यति तारिफ बटुल्न सकेको थिएन ।
राजु अधिकारीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, जीवन लुइँटेल, गौरी मल्ल, वर्ष शिवाकोटी, सुरवीर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका गीतमा अञ्जु पन्त, मिलन अमात्य लगायतले स्वर दिएका छन् । चलचित्रलाई आशुतोष फिल्मस् को व्यानरमा निर्माण गरिएको हो । हीरामणि न्यौपानेले यसको कथा तयार पारेका हुन् ।