०६ असार २०८३, शनिबार

अन्तर्वार्ता लिने भन्दै मोडललाई होटलको कोठामा लगेर बलात्कार

कात्तिक २०, २०७४
  अन्तर्वार्ता लिने  भन्दै मोडललाई होटलको कोठामा लगेर बलात्कार
काठमाडौं, ५ पुस –मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपाती होटल पुगिन् । अन्तरवार्ताका लागि भनेर उनलाई बोलाइएको थियो । rape_1
आजको नयाँ पत्रिका दैनिक लेख्छ– आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए । अन्तर्वार्ताका लागि भन्दै उनलाई होटलको कोठा पु-याए । सामान्य कुराकानी गरेपछि युवकले आफूसँग सम्बन्ध राखे मोडल बनाउने बताए । तर युवतीले मानिनन् । त्यसपछि युवतीलाई जबरजस्ती सम्बन्ध राख्ने प्रयास गरे । युवती चिच्याइन् । उनी भाग्ने प्रयास गरे । होटलका कर्मचारी तथा सुरक्षा गार्ड मिलेर उनलाई भाग्दाभाग्दै समातेर प्रहरीलाई बुझाए ।
अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । यसअघि धेरै पटक उनले युवतीहरुलाई नायिका तथा मोडल बनाउने भन्दै ठगी गरेको खुल्न आयो ।

salt training

कमेन्ट गर्नुहोस्