
हिजोआजको प्राविधिक जमानामा इन्टरनेट जताततै व्याप्त छ । लगभग हरेक पुस्ताका मानिस इन्टरनेटसँग जोडिएका छन् । यहाँ हामी इन्टरनेटसँग सम्बन्धित यस्ता तथ्य बताउँदैछौं जुन तपाईंले शायद सुन्नुभएको थिएन ।

१ सर्फिङ दी इन्टरनेट शब्द पहिलोचोटि सन् १९९२ मा प्रयोग भएको थियो ।
२ संसारभरि इन्टरनेट प्रयोगकर्ताहरूको संख्या ३०० करोडभन्दा पनि बढी छ । अर्थात्, संसारको जनसंख्याको ४० प्रतिशत मानिस इन्टरनेटसँग जोडिएका छन् । यो संख्या बिस्तारै बढ्दैछ ।
३ इन्टरनेट आएपछि पनि सन् १९९१ सम्ममा एउटा पनि वेबसाइट निर्माण भएको थिएन ।
४ अहिले त इन्टरनेटमा सय करोडभन्दा बढी वेबसाइट दर्ता भएका छन् ।
५ प्रतिसेकेन्ड लगभग २४ लाख इमेल आदानप्रदान हुने गर्छ ।
६ युट्युबमा प्रतिसेकेन्ड लगभग एक लाख भिडियो हेरिन्छन् ।
७ गूगल संसारको सबभन्दा ठूलो सर्च इन्जिन हो । गूगलमा प्रतिसेकेन्ड लगभग ६० हजारभन्दा बढी सर्च हुन्छन् ।
८ दिनप्रतिदिन इन्टरनेट प्रयोग गर्नेहरूको संख्या बढिरहेको छ र प्रत्येक सेकेन्ड लगभग २७ हजार जीबीको ट्राफिक आउँछ ।
९ भिडियो र अडियो कल गर्ने सबभन्दा ठूलो सफ्टवेयरमध्येको एक स्काइपमा प्रति सेकेन्ड लगभग १,९०० कल गरिन्छन् ।
१० इन्टरनेटको बढी प्रयोगका कारण मानिसहरूमा आजकल यसको लत नै लागिसकेको छ । चीन र भारतमा त इन्टरनेटको लत छुटाउनका लागि उपचारकै व्यवस्था छ ।
११ हुन त इन्टरनेटमा सबै किसिमका जानकारी उपलब्ध छन् तर ३७ प्रतिशत सामग्री चाहिँ पोर्न मात्र हुन् ।
१२ प्रतिदिन लगभग ३० हजार वेबसाइटहरू ह्याकिङको शिकार बन्न पुग्छन् ।
१३ संसारका लगभग सबै सानाठूला शहर र देशमा इन्टरनेट उपलब्ध छ र अब केही वर्षमा त सगरमाथामा पनि तीव्र गतिको इन्टरनेट उपलब्ध हुँदैछ ।
१४ अचम्मको कुरा त, बेलायतमा ९० लाख वयस्कले कहिले पनि इन्टरनेट प्रयोग गरेका छैनन् ।
१५ इन्टरनेटमा भिडियो हेर्नेमध्ये ५० प्रतिशत प्रयोगकर्ता भिडियो १० सेकेन्डभन्दा बढी रोकियो भने त्यसलाई बन्द गरिदिन्छन् ।
१६ नेपालमा इन्टरनेट स्लो भयो भनेर के गुनासो गर्नु ? फिलिपिन्स र दक्षिणपूर्वी एसियाका मुलुकमा इन्टरनेट कछुवा गतिमा चल्छन् ।
१७ इन्टरनेटमा सबभन्दा पहिलो वेबसाइट सीईआरएन सन् १९९० मा शुरु गरिएको थियो ।
१८ इन्टरनेटमा ३५ करोडभन्दा बढी ब्लग छन् ।
१९ इन्टरनेटमा सबभन्दा पहिले रजिस्टर भएको डोमेन सिम्बोलिक्स डट्कम थियो । यो मार्च १५, १९८५ मा दर्ता भएको थियो ।
२० इन्टरनेटमा प्रतिघन्टा पाँच हजारभन्दा बढी डोमेन रजिस्टर हुन्छन् ।
एजेन्सी