काठमाडौं – बलिउड अभिनेत्री सुष्मिता सेन पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
पूर्व मिस यूनिभर्स सुष्मिता आफ्नो फिटनेसलाई निकै ध्यान दिन्छिन् । उनले हालै एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।
जसमा उनले निकै मेहनतका साथ एक्सरसाइज गरिरहेकी छिन् । यस भिडियोमा उनले रिंगको सहायतामा पूस अप्स गरिरहेकी छन् ।
सामाजिक सञ्जालमा यो भिडियो अहिले भाइरल भइरहेको छ । एजेन्सी