११ साउन २०८३, सोमबार

गुमेको नेपाली भूमि फिर्ताका लागि तत्कालै कूटनीतिक पहल गर्न कोइरालाको माग

कात्तिक २४, २०७६
गुमेको नेपाली भूमि फिर्ताका लागि तत्कालै कूटनीतिक पहल गर्न कोइरालाको माग
फाइल तश्वीर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अतिक्रमणमा परेको नेपाली भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्  । 

नेपाली भूमिमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्वीकार्य हुनै नसक्ने र यस्तो विषयमा सम्झौता गर्न नहुने कोइरालाको भनाइ छ । 

आइतवार एक वक्तव्य प्रकाशित गरी कोइरालाले राष्ट्रियताको मुद्दामा देखिएको राष्ट्रिय सहमति अनुरूप गुमेको भूमि फिर्ता गर्न तत्कालै कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

‘नेपालको सार्वभौमसत्ता,भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसँग नेपाली कांग्रेसले कोहीकसैसँग सम्झौता नगरेको सबैमा सर्वविदितै छ,’ कोइरालाले वक्तव्यमा भनेका छन्, ‘नेपाली भूमिमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्वीकार्य हुनै सक्दैन र यस्तो विषयमा सम्झौता हुँदैन ।’

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेस नेताहरूले तत्काल कूटनीतिक पहल गरेर जमिन फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

‘जहाँबाट जस्ले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य हुन सक्दैन । राष्ट्रियताको मुद्दामा देखिएको राष्ट्रिय सहमति अनुरूप गुमेको भूमि फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु,’ डा. कोइरालाले भनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्