३१ जेठ २०८३, आइतबार

निर्वाचन दुई चरणमै : प्रधानमन्त्री

कात्तिक २०, २०७४
निर्वाचन दुई चरणमै : प्रधानमन्त्री
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन दुई चरणमै हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय बैठकमा समसामयिक राजनीति र मधेसी मोर्चासँगको वार्ताका विषयमा पार्टी नेताहरूलाई जानकारी गराउँदै प्रधानमन्त्रीले सरकार अब दुई चरणमा निर्वाचन गराउने गरी अगाडि बढेको बताएका हुन्, नयाँ पत्रिकामा खबर छ ।prachanda-pushpa-dahal_7591

मोर्चाको मागका आधारमा मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने विषयमा सरकार सकारात्मक देखिएको पनि प्रचण्डले बताएका छन् । मधेसमा संख्या थप हुँदा एकै चरणमा निर्वाचन सम्भव नहुने देखिएकाले सरकारले दुई चरणमा निर्वाचन गराउन खोजेको उनको भनाइ छ ।

‘सरकार मोर्चासहित सबैलाई समेटेर निर्वाचन गराउने पक्षमा छ,’ पार्टी बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मोर्चा पनि आउने हो भने स्थानीय तहको संख्या थप भएका ठाउँमा दोस्रो चरणमा निर्वाचन गराउने गरी जाने सोचमा सरकार छ ।’

सरकारले ३१ वैशाखमा देशभर एकै चरणमा स्थानीय निर्वाचन गराउने गरी मिति घोषणा गरेको छ । तर, मधेसी मोर्चाले मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने, मतदाता नामावलीमा नाम लेख्न छुटेकाहरूको नाम थप्नुपर्नेलगायतका माग अगाडि सारेपछि दुई चरणमा निर्वाचन गर्ने तयारी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्