
काठमाडौँ -भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतका विदेश सचिव बिजय गोख्लेलाई भेटेर सीमाविवादका सन्दर्भमा छलफल गरेका छन् ।
दिल्लीस्थित नेपाली दूतावासले राजदूत आचार्य र विदेश सचिव गोख्लेबीच गत शुक्रवार भेट भएको थियो ।
भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेर प्रकाशित गरेपछि नेपालमा तीव्र विरोध भइरहेको छ । नेपाल सरकारले भारतको नक्सा मान्य नहुने बताइसकेको ।
स्थगित भएको दुईदेशको सचिवस्तरीय वार्ता सुचारू गर्न नेपाल सरकारले पहल गरिसकेको छ ।