१५ असार २०८३, सोमबार

वडामा दलित महिला उम्मेदवार नपाइए के गर्ने ?

कात्तिक २०, २०७४
वडामा दलित महिला उम्मेदवार नपाइए के गर्ने ?
काठमाडौं, २५ चैत-स्थानीय तहको निर्वाचनमा दलित र अल्पसंख्यक समुदायबाट उम्मेदवार नै नपाइए के गर्ने भन्ने विषय अन्योलमा परेको छ । निर्वाचन ऐनले तोकेको व्यवस्थानुसार सो समुदायबाट उम्मेदवार नपाइएमा कुनै व्यवस्था नभएकाले अन्योलमा परेको हो, राजधानीमा खबर छ ।

‘स्थानीय तह निर्वाचन ऐन २०७३’ को दफा ६ को उपदफा (२) अनुसार गाउँपालिका र नगरपालिकाको प्रत्येक वडामा निर्वाचित हुने दुईजना महिला सदस्यमध्ये एकजना दलित महिला हुनैपर्छ । तर, कुनै वडामा दलित समुदायको बसोबास नै छैन भने दलित महिलाका ठाउँमा कसलाई निर्वाचित गर्ने भन्ने अन्योल देखिएको छ । वडा तहमा उम्मेदवार बनाउनका लागि दलित महिला नपाइएको खण्डमा के गर्ने भन्ने विषयमा कानुनी अस्पष्टता रहेको छ ।

निर्वाचन आयोगले भने दलित महिला उम्मेदवार नपाइए दलित महिलाको पद खाली हुने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्