२६ जेठ २०८३, मंगलबार

सरकारले भारतसँग ५ सय सवारी माग्यो

कात्तिक २०, २०७४
सरकारले भारतसँग ५ सय सवारी माग्यो
काठमाडौं, २५ चैत - स्थानीय तह निर्वाचनका लागि सरकारले भारतसँग ५ सय सवारीसाधन अनुदानमा मागेको छ ।

अर्थ मन्त्रालयले स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), गृह मन्त्रालय, स्थानीय प्रशासन र निर्वाचन आयोगका लागि चाहिने सवारी सहयोग गर्न भारतसँग आग्रह गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला निर्वाचनमा मतपेटिका लगायतका प्राविधिक उपकरण उपलव्ध गराउने सहमति भइसकेको छ । केही दिनअघि अर्थमन्त्रालयले सवारीसाधन उपलब्ध गराउने प्रयोजनसहितको पत्र भारत सरकारसमक्ष पठाएको अर्थ मन्त्रालयले जनाएको छ, आजको कारोबारले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्