०४ साउन २०८३, सोमबार

पाठेघर खस्ने समस्या भएका ११ महिलाको निःशुल्क शल्यक्रिया

कात्तिक २६, २०७६
पाठेघर खस्ने समस्या भएका ११ महिलाको निःशुल्क शल्यक्रिया
प्रतिकात्मक तस्वीर

खोटाङ – वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा जिल्लाका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौंमा निःशुल्क शल्यक्रिया गरिएको छ । 

लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका ३ स्थानीय तहका ११ महिलालाई काठमाडौंस्थित मोडेल अस्पताल पुर्‍याएर निःशुल्क शल्यक्रिया गराइएको हो ।

जिल्लामा महिला प्रजनन् अधिकारसम्बन्धी काम गर्दै आएको संस्थाले सबैभन्दा बढी ऐसेलुखर्क गाउँपालिकाका ८ महिलाको शल्यक्रिया गराएको छ । रावाबेंसी गाउँपालिकाका २ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ महिलालाई काठमाडौं जान/आउन तथा खान/बस्नको व्यवस्था मिलाइदिएको हो ।

उनीहरूका साथमा १/१ जना कुरुवासमेत पठाइएको जिल्ला कार्यक्रम संयोजक लोचन श्रेष्ठले बताए ।

‘जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रिया गराउन काठमाडौं पठाइएको थियो,’ उनले भने, ‘अहिले उनीहरू एघारै जनाको सफल शल्यक्रिया भएर घर फर्कने तयारीमा छन् ।’ 

काठमाडौंमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था कम्युनिटी सपोर्ट एसोसिएसन नेपाल (कोसन)ले उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।

संयोजक श्रेष्ठका अनुसार रावाबेंसी गाउँपालिकामा मात्रै पाठेघर खस्ने समस्या भएका महिला करीब २१ प्रतिशत छन् ।

उक्त समस्या सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा देखिएको साझेदारी संस्था हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले जानकारी दिए । केडको कार्यक्रम रावाबेंसी गाउँपालिकामा हलेसी विकास मञ्च र ऐसेलुखर्क गाउँपालिकामा ग्रामीण युवा सशक्तीकरण अनुसन्धान केन्द्रसँगको साझेदारी सञ्चालन भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्