काठमाडौं, २५ चैत– नेपाली कांग्रेस संसदीय दल तथा केन्द्रीय कार्यसमितिको संयुक्त बैठक आज बस्दैछ । केहिबेरमै नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले जानकारी दिए ।

बैठकमा स्थानीय चुनाव, समसामयिक राजनीतिक अवस्थाका साथै उपप्रम विमलेन्द्र निधिको वरियता र आइजीपी नियुक्तिका विषयमा समेत छलफल हुने बताइएको छ ।