
काठमाडौं – फ्रान्सको औवेर्न–रोन्स–आल्प्स क्षेत्रमा एक महिलाले केक बनाउनका लागि मिक्सरमा काम गरिरहँदा स्कार्फ मिक्सरमा अड्किएर घाँटी कसिएपछि ज्यान गुमाएकी छन् । उनी आफ्नो १५ वर्षीय छोराका लागि केक बनाइरहेकी थिइन् ।
आइतवार बिहान साढे १० बजे घटना भएको हो ।
मिक्सरमा स्कार्फ अड्किएर आमाको घाँटी अँठिएपछि छोरा आत्तिएर आपतकालीन सेवालाई कल गरेका थिए । उनीहरूले मिक्सरको प्लग निकाल्न अनि आमाको स्कार्फ काट्न भनेका थिए ।
घटनास्थलमा आइपुगेका अग्निनियन्त्रक र एम्बुलेन्स कर्मचारीले आमालाई ब्युँताउन कोशिश गरेको भए पनि उनको मृत्यु भयो ।
अधिकारीहरूले अटोप्सी गरेर मृत्युको वास्तविक कारण पत्ता लगाउने कोशिश गरिरहेका छन् ।
एजेन्सी