०९ असार २०८३, मंगलबार

कार्यस्थलमा महिलालाई चस्मा लगाउन प्रतिबन्ध, कम्पनीहरूको भनाइ- सुन्दरतामा असर गर्‍यो

कात्तिक २६, २०७६
कार्यस्थलमा महिलालाई चस्मा लगाउन प्रतिबन्ध, कम्पनीहरूको भनाइ- सुन्दरतामा असर गर्‍यो

एजेन्सी- अफिसमा कम्प्युटरमा लामो समयसम्म काम गर्ने मानिसहरूले चस्मा लगाउँछन् । तर जापानमा केही कम्पनीहरूले महिलाहरूलाई चस्मा लगाएर काम गर्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धपछि यो विवादित बनेको छ । कम्पनीका अनुसार कार्यस्थलमा महिलाहरूले चस्मा लगाएर आउँदा सुन्दरतामा प्रभाव पार्ने र त्यसले क्लाइन्ट्स्‌माथि गलत असर पर्छ ।

कम्पनीहरूले पुरुषहरूलाई चस्मा लगाउन भने कुनै प्रतिबन्ध लगाएको छैन । प्रतिबन्धलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

मिडिया रिपोर्ट्सका अनुसार एयरलाइन्सदेखि रेस्टुरेन्टसम्मका केही निजी कम्पनीहरूले महिलालाई कार्यस्थलमा चस्मा लगाएर काम गर्न रोक लगाएको हो । 

प्रतिबन्धलगत्तै सामाजिक सञ्जालमा 'ग्लासेज आर फरबिडन' ह्यासट्याग शुरू भएको छ । क्योटो यूनिभर्सिटी अफ फरेन  स्टडीजका प्रोफेसर कुमिको नेमोतोले देशमा पुराना नीतिहरू थोपरिएको बताए । उनले आश्चर्य हुँदै भनेका छन्, 'मैले पनि बुझिरहेको छैन कि महिलाहरूलाई कम्पनीमा किन चस्मा लगाउन दिइएन । तर पुरुषलाई प्रतिबन्ध लगाइएको छैन । यो सिधासिधा भेदभाव हो ।'

salt training

कमेन्ट गर्नुहोस्