०३ साउन २०८३, आइतबार

चुनावमा होमियो सीके राउतको पार्टी, पुराना दल 'टेस्टेड' भइसके भन्दै अञ्जुको उम्मेदवारी

कात्तिक २७, २०७६
चुनावमा होमियो सीके राउतको पार्टी, पुराना दल 'टेस्टेड' भइसके भन्दै अञ्जुको उम्मेदवारी

महोत्तरी– खुला राजनीतिमा आएको ८ महिनापछि डा. सीके राउत नेतृत्वको जनमत पार्टी चुनावमा होमिएको छ ।

महोत्तरीको पिपरा गाउँपालिकामा यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा जनमत पार्टीबाट अञ्जुदेवी मण्डलले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।

गत फागुनमा खुला राजनीतिमा आएका सीके राउतको संगठन त्यसअघि प्रतिबन्धित अवस्थामा थियो ।

खुला राजनीतिमा आउने गरी सरकारसँग सहमति भएपछि राउतले जनमत पार्टी दर्ता गरी चुनावमा होमिएका हुन् ।

निर्वाचन आयोगले जनमत पार्टीलाई लाउड स्पीकर चुनाव चिह्न दिएको छ ।

झण्डै ५० नेता/कार्यकर्ताको साथमा उम्मेदवारी दर्ता गर्न पुगेकी अञ्जुले सबै पार्टी टेस्टेड भइसकेकाले जनताले आफूलाई विश्वास गर्ने जिकिर गरिन् ।

'सबै पार्टीहरू टेस्टेड भइसकेका छन्, हामी पहिलोपटक चुनाव लड्दैछौं, डा. साब (डा. सीके राउत) को मधेशमा क्रेज छ, संगठन पनि बनाइरहेका छौं,' उनले भनिन् ।

गाउँपालिका अध्यक्ष विनोदकुमार चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्