काठमाडौं, २५ चैत– स्थानीय तह निर्वाचनका लागि सरकारले भारसँग ५ सय सवारीसाधन अनुदानमा मागेको छ ।

अर्थ मन्त्रालयले स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह मन्त्रालय स्थानीय प्रशासन र निर्वाचन आयोगका लागि चाहिने सवारी सहयोग गर्न भारसँग आग्रह गरृेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका बेला निर्वाचनमा मतपेटिका लागितका प्राविधकि उपकरण उपलव्ध गराउने सहमति भइसकेको छ ।
केही दिनअघि अर्थमन्त्रालयलेसवारीसाधन उपलव्ध गराउने प्रयोजनसहितको पत्र भारतसरकारसमक्ष पठाएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार ५ सयभन्दा बढी सवारी सहयोगसम्बन्ध औपचारिक पत्र पठाइएको छ ।
यसअघिका दुवै संविधानसभा निर्वाचनमा पनि भारतले ठूलो संख्यामा सवारी साधन अनुदान सहयोग गरेको थियो ।