काठमाडौं –सामाजिक सञ्जालमा अहिले नगाल्याण्डका एक नेताको छोरा र उसकी पत्नीको तस्वीर भाइरल भइरहेको छ ।
सो तस्वीरमा दीमापुर स्थित वेडिङ रिसेप्शनमा दुवै बन्दूक बोकेर बसिरहेका छन् ।
समय सरकार नगा समूहका साथ एक सम्झौता गर्ने तयारीमा हुन्छ, यद्यपी यो तस्वीरपछि विवाद हुन्छ र सम्भौता हुन सक्दैन ।
अहिले तस्वीर भाइरल भएपछि प्रहरीले कानूनी कारबाही शुरू गरेको छ ।
नेशनल सोशलिस्ट काउन्सिल अफ नगाल्याण्ड यूनिफिकेशनका शीर्ष नेता बोहोतो किबाको छोरो अहितो किहो र उनकी पत्नी एके ५६ र एम१६ बन्दूक बोकिरहेका छन्। जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।
बोहोतो नगा एकता परिषदका शीर्ष नेतामध्येका एक भएको बताइएको छ । एजेन्सी