
काठमाडौं – अमेरिकाको मिसूरीमा १० हप्ताको कुकुरको छाउरोको निधारमा पुच्छर उम्रेको छ ।
त्यो पुच्छर हल्लिँदैन ।
कुकुरको नाम नरह्वाल हो । म्याक्स मिसन नामक गैरनाफामूलक संस्थाले उसलाई शनिवार भेटेर शरण दिएको छ । कठ्यांग्रिने जाडोमा उसलाई फेला पारिएको हो । उसको एक पञ्जा हिउँले खान थालेको देखिन्छ ।
नारह्वालको निधारमा उम्रेको पुच्छर छोटो छ र ठ्याक्कै दुई आँखाको बीचबाट निस्केको छ । उसले छुनुमुनु गर्दा त्यो यताउता हल्लिन्छ । उसको सामान्य पुच्छर पनि छ ।
पशुचिकित्सकहरूले एक्सरे गरेर हेर्दा उक्त पुच्छर कुनै पनि कुरासँग नजोडिएको देखाएको छ । पुच्छरको कुनै उपयोगिता छैन तर त्यसले उसलाई पीडा पनि दिएको छैन । पुच्छर हटाउनुपर्ने कुनै जायज कारण छैन, त्यसैले त्यो त्यहीँ रहनेछ ।
उससँगै अर्को कुकुर पनि फेला परेको छ । उद्धारकर्ताहरूले त्यो नारह्वालको बाउ हुनसक्ने अनुमान गरेका छन् ।
दुई कुकुरलाई उद्धार गरिनुपूर्व उनीहरूमाथि के भएको थियो भन्ने स्पष्ट छैन । तर कुकुरको तस्वीर अन्लाइनमा प्रकाशित गरिएपछि हेर्ने मानिसको ताँती लागेको छ ।
सीएनएनबाट