१० असार २०८३, बुधबार

राफेल सम्झौतामा मोदी सरकारलाई सर्वोच्च अदालतले दियो राहत

कात्तिक २८, २०७६
राफेल सम्झौतामा मोदी सरकारलाई सर्वोच्च अदालतले दियो राहत

भारतको सर्वोच्च अदालतले बिहीवार राफेल सम्झौतासम्बन्धी तीनवटा पुनरवलोकन निवेदनलाई खारेज गरिदिएको छ । 

यसको फैसलामा निवेदकहरूले सम्झौता प्रक्रियामा गडबडी गरिएको भन्दै गरेको जिकिरलाई अदालतले खारेज गरिदिएको छ । निवेदन खारेज गराउनमा कमजोर जिकिरलाई नै प्रमुख आधार बनाइयो । 

पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले निवेदनमा दम नरहेको बतायो । 

यस विषयमा उजुरी दर्ता हुनु पनि आवश्यक छैन र यसमा कुनै अनुसन्धान पनि आवश्यक छ जस्तो अदालतलाई लाग्दैन भनी फैसलामा उल्लेख गरिएको छ । यस मामिलामा एउटा कन्ट्रयाक्ट चलिरहेको कुरालाई पनि बेवास्ता गर्न नसकिने अदालतले जनायो ।

यसका साथै सर्वोच्च अदालतले केन्द्र सरकारको बयानमा भूल गरिएको स्वीकार गरेको छ । 

राफेल विमान सम्झौता मामिलामा सर्वोच्च अदालतले डिसेम्बर २०१८ मा दिएको आदेशमाथि पूर्व केन्द्रीय मन्त्री यशवन्त सिन्हा र अरुण शौरी तथा वरिष्ठ अधिवक्ता प्रशान्त भूषण बाहेक विनीत भांडा, आम आदमी पार्टीका सांसद संजय सिंहले पुनरवलोकनका लागि तीनवटा निवेदन दर्ता गरेका थिए । 

पुनरवलोकन निवेदनमा प्रधानन्यायाधीश रंजन गोगोई, न्यायाधीश संजय किशन कौल र न्यायाधीश केएम जोसेफको इजलासले फैसला सुनाउँदै त्यसलाई खारेज गरेको हो । यसअघि अदालतले सम्झौताका विषयमा कुनै अनियमितता नगरिएको निर्णय सुनाइसकेको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्