मानिसजस्तै गाईको पेटमा पनि ग्यासको समस्या हुन्छ । गाईको डकार कुनै कारबाट निस्किएको ग्यास भन्दा हानिकारक हुन्छ ।

पृथ्वीको वायुमण्डलमा मिथेन भन्दा धेरै मात्राका लागि गाइको डकारबाट निस्कने ग्यास लामो समय जिम्मेवार हुन्छन् । वैज्ञानिकहरुका अनुसार गाईको डकारले वायुमण्डलमा नोक्सान पु-याउने छ ।
तर यस वर्ष जनवरीमा राजस्थानको शिक्षा तथा पञ्चायती राजा मन्त्री वासुदेव देवनानीले एक आश्चर्यमा पार्ने तथ्य सार्वजनिक गरेका थिए । उनका अनुसार गाइ एकमात्र त्यस्तो जीव हो जो केवल अक्सिजन लिन्छ र अक्सिजन नै फाल्छ ।
त२००६ मा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसँग सम्बन्धित रिपोर्टले पनि यसलाई स्विकार गरेको छ ।
हालै नासाले आफ्नो रिपोर्टमा स्पष्ट गरेको छ कि गाईको डकारमा ठूलो मात्रामा हानिकारक मिथेन ग्यास निकल्ने गरेको छ ।
हामीलाई थाहा छ कि मिथेन एक ग्रीनहाउस ग्यास हो र यसले धर्तीलाई ठूलो हानी पु-याउने छ । ग्रीनहाउन ग्यासले सूर्यबाट आउने गर्मी सोस्छ र जमीनलाई थप तातो बनाउने छ ।
गाई, भेडा तथा बाख्राजस्ता जनावर ठूला मात्रामा मिथेन ग्यास छोड्छन् । यो उनीहरुको पाचन प्रक्रियाको कारण हुने गरेको छ । नासाका अनुसार मिथेन ग्यास गाईले डकारेका कारण उत्सर्जन हुन्छ नकि उसले पादका कारण ।
नासाका अनुसार‘कुनै डेरीमा एक गाई वार्षिक ८० देखि १२० किलो मिथेन उत्सर्जन गर्ने गर्छ । एक कारले वर्षभरमा लगभग यति नै मिथेन उत्सर्जन गर्छ ।
वैज्ञानिकहरुले गाइको डकारबाट पृथ्वीलाई कसरी बचाउन सकिन्छ भनेर अनुसन्धानमा जुटेका छनज् ।