०९ असार २०८३, मंगलबार

कवितासंग्रह ‘समीकरण जिन्दगीको’ परिचर्चा एवं सिर्जना प्रवाह कार्यक्रम सम्पन्न

कात्तिक २९, २०७६
कवितासंग्रह ‘समीकरण जिन्दगीको’ परिचर्चा एवं सिर्जना प्रवाह कार्यक्रम सम्पन्न

कवि ध्रुवकुमार सापकोटाको कवितासंग्रह ‘समीकरण जिन्दगीको’ परिचर्चा एवं सिर्जना प्रवाह कार्यक्रम सम्पन्न  भएको छ । बिहीवार क्रिएटिभ लीटररी फोरम डिपार्टमेन्ट अफ इङ्लीस लीटरेचरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

वरिष्ठ नाटककार एवम् कवि अशेष मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कवि, कथाकार एवं समालोचक महेश पौड्यालले स्वागत मन्तव्य राखेका थिए। 

अनुवादक केशव सिग्देल र कवि प्रोलास सिन्धुलीयले कविता कृतिमाथि धारणा राखेका थिए। 

कार्यक्रममा समीकरण जिन्दगीको कवितासंग्रहबाट कविता वाचन भएको थियो भने १२ जनाले आ–आफ्नो सिर्जना समेत वाचन गरेका थिए । 

 

salt training

कमेन्ट गर्नुहोस्