
काठमाडौँ – चीनको गुआङडोङ प्रान्त बस्ने एक व्यक्तिको कान दुख्न थालेपछि अस्पताल जाँदा कानमा साङ्लाले गुँड लगाएर बसेको पाइएको छ ।
घटना केही महिना अघिको हो ।
२४ वर्षका ति व्यक्तिको कानमा साङ्लाले केही महिनायता गुँड बनाएर बसेको र कानभित्र धेरै नै नोक्सान गरेको डाक्टरहरूले बताएका छन् ।
कान दुखेपछि अस्पताल पुगेपछि डाक्टरहरूले उनको कानबाट १० वटा साङ्ला निकालेका थिए ।
मिडिया रिपोर्टका अनुसार उक्त व्यक्तिले आफ्नो बिस्तारा नजिकै खाना बनाउने गर्थे । अनि सरसफाईमा ध्यान दिन्नथे ।