१८ असार २०८३, बिहीबार

ललितपुरमा १४ वर्षकी किशोरी सार्वजनिक गाडि भित्रै बलात्कृत

कात्तिक २०, २०७४
ललितपुरमा १४ वर्षकी किशोरी सार्वजनिक गाडि भित्रै बलात्कृत
काठमाडौं, २५ चैत - ललितपुरको बाल कुमारीमा बस्दै आएकी एक किशोरी सार्वजनिक गाडी भित्रै बलात्कृत भएकी छन् । बा १ ख ६९६६ नम्बरको बस चलाउने सिन्धुपाल्चोकका सागर नेपालीले ती किशोरीलाई बसभित्रै
बलात्कार गरेका हुन । उनी लगनखेलमा बस्दै आएका थिए भने चक्रपथमा गाडी चलाउँथे ।

उनले १४ वर्षकी किशोरीलाई गाडि भित्रै जवरजस्ती बलात्कार गरेका हुन् । चैत १८ गते ती कोशरी कोठामा दाईसँग झगडा परेपछि बालकुमारीको चक्रपथ सडक छेउँमा उभिइरहेकी थिइन् । राति करिब ८ बजेको थियो ।
हुर्रिँदै आएको बस उनको अगाडी रोकियो । गाडमिा चालक मात्रै थिए । चालकले बहिनी कहाँ जाने हो म पुर्याइदिन्छु भने ।

उनले आफू साथिको घरमा जान लागेको कुरा सुनाइ । चालक हस् भनेर गाडी चलाए । गाडी चालाएको केही बेरमै उनले बालकुमारीकै एक होटल अगाडी गाडी रोके । त्यसपछि खाना खाएरदिने प्रस्ताव गरे ।

नेपालीको आग्रहमा ती किशोरीले पनि खाना खाइन् । खाना खाने बेलैमा उनले मन कालो बनाइसकेका रहेछन् । खाना खाएपछि उनीहरु दुबै जना गाडीमा गए । किशोरीले गाडी हिँड्ला भनेर सोँचेकी थिइन तर परियारले गाडी रोकेकै ठाउँमा किशोरीलाई बलात्कार गरे ।

किशोरी चिच्याएको आवाज गाडी बाहिर पनि सुनियो । होटल सञ्चालक र किराना पसलेहरु त्यो आवाज सुनेपछि होटल नजिकै पुगे । त्यसपछि तत्कालै प्रहरीलाई खबर पनि गरे । प्रहरीले किशोरीलाई उद्वार गरेको भएपनि परियार चाहिँ त्यहाँबाट भागेका थिए ।

उनी त्यहाँबाट भागेर सिन्धुपाल्चोक पुगेको अवस्थामा एक साता पछि पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । उनले चलाउँदै आएको बस नियन्त्रणमा लिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सोही अनुसन्धान अनुसार उनी पक्राउ परेका हुन् । उनलाई हिँजो नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्