
यतिबेला इन्टरनेशनल पप गायिका केटी पेरी भारतमा भ्रमणमा छिन् ।
उनीसँग मलाइका अरोडा, ऐश्वर्या रायलगायतले भेटवार्ता तथा मनोरञ्जन गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक करण जौहरले आफ्नै घरमा केटी पेरीका लागि पार्टी समेत दिएका छन् । सो पार्टी भारतीय चर्चित अभिनेता, अभिनेत्रीहरू सहभागी भएका थिए ।
त्यसमध्ये ऐश्वर्या रायले सबैको ध्यान खिचेकी छिन् । यसको मतलव उनी यहि कारणले ट्रोलको शिकार बन्न पुगेकी छिन् । ऐश्वर्याले केटीसँग तस्वीरहरू खिचाएकी छिन् । यद्यपी तस्वीरहरू कम क्वालीटीको देखिएको छ । जसका कारण उनी ट्रोलको शिकार बनेकी हुन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीमाथि ट्रोल बनाउँदै लेखेका छन्, 'हामीहरूले हाई क्वालीटीको तस्वीरको कल्पना गरेका थियौं तर यो भन्दा राम्रो त नोकिया ६६३० ले पनि खिच्दथ्यो ।'
यस्तै अर्का प्रयोगकर्ताले उनलाई अलि राम्रो मोबाइल क्यामेरा प्रयोग गर्न सुझाएका छन् ।