११ असार २०८३, बिहीबार

वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्छ : देउवा

कात्तिक ३०, २०७६
वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्छ : देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए।   

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए। पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए। 

'कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो', उनले भने, 'सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।'

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो ।  भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्