२३ असार २०८३, मंगलबार

एक वर्ष भित्रै पहिलो एयरबस आउने गरि एएआरसँग निगमको सम्झौता

कात्तिक २०, २०७४
एक वर्ष भित्रै पहिलो एयरबस आउने गरि एएआरसँग निगमको सम्झौता
काठमाडौं, २५ चैत - सन् २०१८ को अप्रील सम्ममा पहिलो एयरबस आउने गरि नेपाल वायु सेवा निगमले अमेरिकी कमपनी एएआरसँग सम्झौता गरेको छ । आज भएको सम्झौतामा पहिलो विमान २०१८ को अप्रील सम्ममा आउने गरि सहमति भएको छ भने दोस्रो विमान चाहिँ २०१८ कै मे महिना सम्ममा आउनेगरि सम्झौता भएको छ ।

नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारका अनुसार दुई वटा विमान दुई सय ९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ ।

गत माघ १४ गते निगम र एएआरबीच जहाज खरिदको समझदारी भएको थियो । पहिलो चरणमा निगमले खरिदाका लागि बैना रकम समेत पठाएको छ ।

वायुसेवा निगमले एयरबसको वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिद गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्