११ असार २०८३, बिहीबार

स्व. प्रकाशको स्मरणमा श्रद्धाञ्जलि अर्पण

स्व. प्रकाशको स्मरणमा श्रद्धाञ्जलि अर्पण
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता स्व. प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा मंगलवार उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष दाहालले स्व. प्रकाशको तस्वीरमा माल्यार्पणसहित स्मरण गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, खानेपानी मन्त्री बीना मगर लगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्