१२ असार २०८३, शुक्रबार

उत्तर र दक्षिण कोरियाबीचको भिडन्त आज

कात्तिक २०, २०७४
उत्तर र दक्षिण कोरियाबीचको भिडन्त आज
उत्तर र दक्षिण कोरियाबीच आज भिडन्त हुँदैछ । तर यो भिडन्त खेलको मैदानमा हुन लागेको हो ।

प्योंगयाङका किम द्वितीइ सुंग स्टेडियममा एशियन फुटबल कन्फेडरेशन महिला कपाको क्वाटरफाइनल भिडन्तमा दक्षिण कोरियाई टीम, उत्तर कोरियालाई चुनौंती दिदैछ ।

उत्तर कोरियाको आफ्नो घरेलु मैदानमा खेल्ने लाभ लिने छ । यस्तै ¥यांकिङमा पनि उत्तर कोरियाली टीमको दबदबा रहेको छ ।
फिफा महिला फुटबलमा उत्तर कोरिया १० औं स्थानमा छ भने दक्षिण कोरिया १७ औं स्थानमा रहेको छ ।
यस खेलका कारण दक्षिण कोरियाको राष्ट्रिय झण्डा उत्तर कोरियामा फहराउने भएको छ । सन् १९९० पछि यो पहिलो मौका हुन छ कि दुई कोरियाली टोली एक अर्का विरुद्ध आमनेसामने भएका छन् ।

सन् १९९० मा दुवै देशका बीचमा मैत्रीपूर्ण फुटबलको आयोजना भएको थियो । उत्तर कोरियामा खेलिएको खेल सुरुहुनुपूर्व कोरियाई द्वीपको एकै झण्डा प्रदर्शन गरिएको थियो भने कुनै पनि देशको राष्ट्रगान बजाइएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्