१६ असार २०८३, मंगलबार

रानू मण्डल बनिन् ट्रोलको शिकार, भइन् सामाजिक सञ्जालमा भाइरल

मंसिर ४, २०७६
रानू मण्डल बनिन् ट्रोलको शिकार, भइन् सामाजिक सञ्जालमा भाइरल

पछिल्लो समय सामाजिक सञ्जालमा रानू मण्डलको चर्चा चुलिन थालेको छ । हालै मात्र एक इभेन्टमा रानू मण्डलको मेकओभर लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रानू मण्डलको अचम्म लाग्दो मेकअप देखेर उनका फ्यानहरू नै अचम्ममा परेका छन् । 

उनले आफ्नो मेकअपमा स्किन टोन बढी प्रयोग गरेकी थिइन् । जुन मेकअप उनलाई भद्दा देखिएको थियो । उनको यस्तो लुक देखेपछि सामाजिक सञ्जालमा ट्रोल नै बनेको थियो । 

उनीमाथि ट्रोल बनाइएको  यो पहिलो घटना भने होइन । यस भन्दा पहिले पनि उनी केही न केही कारणले चर्चामा रहन्थिन् । 

लता मंगेशकरको गीत एक प्यारका नगमा है गाएर रानू रातारात स्टार बनिन् । उनको गीतलाई धेरैले रुचाएपछि उनी सामाजिक सञ्जालमा भाइरल भइन् । 
रानूले चर्चामा आउनका लागि उनको गायनबाट प्रभावित भएर सलमानखानले उनलाई ५५ लाखको घर उपहार दिएको खबरले सनसनी मच्चायो ।

यतीमात्रै नभएर सलमानले आफ्नो नयाँ चलचित्र दबंग ३ मा समेत रानूलाई गीत गाउन दिने कुराले बजार ततायो । यद्यपी सलमानले यी दुवै कुराहरू गलत बताए । 

आफ्नो फ्यानले सँगै सेल्फी खिच्न गरेको आग्रहलाई अस्विकार गरेपछि उनीमाथि चर्को आलोचना भएको थियो । जसको पनि ट्रोल बनाइएको थियो । 

यस्ता विभिन्न कारणले उनीमाथि ट्रोल बन्ने गरेको छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्