११ असार २०८३, बिहीबार

जापानले धुम्रपान विरूद्धको कडा कानून ल्याउने

कात्तिक २०, २०७४
जापानले धुम्रपान विरूद्धको कडा कानून ल्याउने
टोकियो-जापान सरकारले सन् २०२० को ओलम्पिक र पाराओलम्पिकमा जापानभर धुम्रपान निषेध गर्ने भएको छ ।
जापानको स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालयले धुम्रपान सम्बन्धी नयाँ ऐन ल्याउन लागेको हो । जस अनुसार ओलम्पिक स्टेडियमहरु धुम्रपान निषेधित हुने छन् ।

त्यहाँ धुम्रपानका लागि कुनै पनि अलग कोठाहरुको व्यवस्था गरिने छैन । मन्त्रालयले तयार पारेको प्रस्तावमा नयाँ स्टेडियमहरु ओलम्पिक पछि नीजि कम्पनीहरुलाई दिइने उल्लेख छ ।

तर, त्यस्ता कम्पनीहरुले पनि धुम्रपानसम्बन्धी सरकारी कडा नियमको पालना गर्नुपर्ने छ । विश्व खेलकुदमा सन् २०१० देखि सुर्तीमुक्त अभियान सुरु भएको थियो ।

केही समय पहिला जापान सरकारले धुम्रपान सम्बन्धी एक विधेयक ल्याएको थियो । जसमा रेष्टुरेण्टहरुमा धुम्रपान निषेध गर्नेबारेको थियो । जस अनुसार अहिले जापानका रेष्टुरेण्टहरुमा धुम्रपानका लागि अलगै स्थान तय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्