०१ असार २०८३, सोमबार

थाकेको भालु कारको ढोका खोलेर पस्यो (भिडियो)

थाकेको भालु कारको ढोका खोलेर पस्यो (भिडियो)

अमेरिकाको क्यालिफोर्नियास्थित साउथ लेक ताहोमा थाकेको एक भालुले कारको ढोका खोलेर भित्री पसेको दृश्य भिडियोमा कैद भएको छ । 

घटना पाँच दिनअघिको हो । 

याडम आर्म्स्ट्रङ आफ्नो घरमा सुतिरहेको बेलामा बिहान सबा १ बजेतिर सीसीटीभी क्यामरामा यो रमाइलो दृश्य कैद भएको हो । 

विशाल भालुले आर्मस्ट्रोङको कारको पछिल्तिरको ढोका खोलेर भित्र पसेको हो । 

भालु कारभित्र पसेर दुई मिनेटमा निस्कन्छ तर कारलाई कुनै क्षति पुग्दैन । घटनाको भिडियो अनायासै सकिन्छ । 

याडमले भने, ‘हामीहरू बिहान उठ्दा कारको ढोका खुलै थियो । त्यसैले हामीहरू छक्क पर्‍यौं । अनि सीसीटीभी क्यामराको फूटेज हेर्दा हामी छक्क पर्‍यौं । यस्तो कहिले पनि भएको थिएन ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्