२३ असार २०८३, मंगलबार

फोहरको थुप्रोमा फेला पर्‍यो ४ करोड रुपैयाँ, कसले छोड्यो ?

कात्तिक २०, २०७४
फोहरको थुप्रोमा फेला पर्‍यो ४ करोड रुपैयाँ, कसले छोड्यो ?

जापानको गुन्मा क्षेत्रमा रहेको नुमाता सहरको एक फोहोर व्यवस्थापन कम्पनीका कामदारहरुले फोहोरको थुप्रोमा ४२.५१ मिलियन येन (करिव ४ करोड नेपाली रूपैयाँ) फेला पारेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार कामदारहरुले फोहोर व्यवस्थापन गर्दै गरिरहेको अवस्थामा ठुलो मात्रामा पैसा फेला पारेका हुन् ।

त्यति धेरै पैसा फोहोरको थुप्रोमा भेटिनासाथ कामदारहरुले आफ्नो मालिकलाई जानकारी दिएका थिए । त्यस लगत्तै कम्पनीका मालिकले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

फोहोरको व्यवस्थापन गर्ने ठाउँमा ट्रकबाट अन्जानबस कसैले त्यो पैसा फ्याँकेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । त्यो पैसाको वास्तविक हकदार नभेटिएसम्मको ३ महिना भित्र जापानको हराएको पैसा जम्मा गर्ने संस्थामा राखिने प्रहरीले बताएको छ । त्य

तिबेला सम्म पनि त्यो पैसा बारेमा कसैले दावी नगरे फोहोर व्यवस्थापन कम्पनीले नै त्यो रकम प्राप्त गर्ने जनाईएको छ ।

salt training

कमेन्ट गर्नुहोस्