११ असार २०८३, बिहीबार

को हुन् डोनाल्ड ट्रम्पका प्रेमिकाहरू ?

कात्तिक २०, २०७४
को हुन् डोनाल्ड ट्रम्पका प्रेमिकाहरू ?
एजेन्सी  — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महिलाका मामिलामा उदार छन् ।meet-the-three-women-who-married-donald-trump

अहिलेकी श्रीमती मेलानिया त उनकी तेस्री पत्नी हुन् । यसअघि उनले इभाना र मार्ला मेपल्ससँग विवाह गरेका थिए ।
विशेषगरी बीसदेखि ३० वर्षका महिलाका पछाडि पागल भएर दौडिन्छन् ट्रम्प । त्यसैले पनि होला उनी कन्डमविरोधी हुन् ।
मेलानियालाई विवाह गर्नुअघि उनीसँग गहिरो प्रेममा डुबेका ट्रम्पले अनेकौं गोप्य ठाउँमा लगेर सम्बन्ध राख्थे । उनकी तत्कालीन पत्नी मार्लाले जासुसहरू नै लगाएकी थिइन् ट्रम्प र मेलानियाको गोप्य ठेगाना पत्ता लगाउनका लागि ।
इभानासँग विवाहित रहेकै अवस्थामा मार्लाको प्रेममा परेका ट्रम्पले पछि उनैसँग बिहा गरे । तर मार्ला बिहान ४ बजे अंगरक्षकका साथ फ्लोरिडा बीचमा शंकास्पद अवस्थामा फेला परेपछि ट्रम्पसँगको सम्बन्ध बिग्रिएको थियो ।
आफ्नी श्रीमती अन्य व्यक्तिसँग सुतेको कुरा ट्रम्पले कहिले पनि स्वीकार्न सकेनन् । अर्कै कारणले पारपाचुके भएको उनले बताए ।
ट्रम्पका पहिला दुई पत्नीहरूले उनका विरुद्ध केही बोल्न सक्दैनन् किनकि उनीहरूले गोप्यता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उनीहरूले बोल्न पाए ट्रम्पका यौन रहस्य खुल्न पाउँथे ।
मेलानियालाई जसरी भएपनि प्रथम महिला बनाउने भनी ट्रम्पले सन् १९९९ को एक अन्तर्वार्तामा बताएका थिए । त्यो भविष्यवाणी अहिले आएर मिल्यो ।
यसो भनेको केही महिनामा नै मेलानियाले एक बेलायती पत्रिकाका लागि नग्न तस्वीर खिचाएकी थिइन् । सन् २०१६ मा ट्रम्पविरोधी रिपब्लिकनहरूले यो फोटो सार्वजनिक गरेपछि हंगामा भएको थियो ।
ट्रम्पका यी तीन पत्नीका अलावा धेरै प्रेमिकाहरू पनि रहेको बताइन्छ । आफूलाई मोडेलहरूले जतिखेर पनि यौन प्रस्ताव राख्ने गरेको भन्दै ट्रम्पले घमण्ड गरेका थिए ।
अभिनेत्री जेनिफर लोपेज, सोफिया भेरगारा, मिशेल रोड्रिगेज, सलमा हायेक, इभा लंगोरिया लगायत थुप्रैले डोनाल्ड ट्रम्पको महंगो उपहार स्वीकारेर उनीसँग सम्बन्ध बनाएको बताइन्छ ।
सुपरमोडेल कारा योङ ट्रम्पको जीवनमा प्रवेश गर्दा उनी मार्ला मेपल्ससँग भर्खर पारपाचुके गर्दैथिए । ट्रम्पका एक सहयोगीले आफ्ना बोस योङसँगको सम्बन्धमा धेरै रमाउने गरेको अनि चरमसुख दिन सकेको बताउँछन् ।
त्यस्तै ट्रम्पले अर्जेन्टिनाकी टेनिस खेलाडी गाब्रिएला सबातिनीसँग एक महिनाका लागि सम्बन्ध बनाएका थिए । पछि उनी मार्ला मेपल्ससँग लहसिए ।
मिस मेरिल्यान्ड रोवान ब्रुअरसँग पनि ट्रम्पले शारीरिक सम्बन्ध राखेका थिए । उनलाई महंगा उपहार दिने अनि विमानमा राखेर घुमाउने गर्थे ट्रम्पले । केही महिना चलेको यो अफेयर त्यत्तिकै टुंगियो ।
फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीकी पत्नी कार्ला ब्रुनीसँग पनि सन् १९९१ मा ट्रम्पले सम्बन्ध बनाएका थिए । उनी त्यतिखेर सुपरमोडेल गायक थिइन् र धनी पनि थिइन् ।
ट्रम्पका अन्य प्रेमिकामा इन्ग्रिड सेन्हाएभ, एलिसन जियानिनी, भिक्टोरिया जिद्रोकको पनि नाम लिइन्छ ।

न्युयोर्क डेली न्युज, द रिचेस्ट लगायतमा प्रकाशित सामग्रीका आधारमा

salt training

कमेन्ट गर्नुहोस्