
भारतको हैदराबादमा २७ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेर जिउँदै जलाएको घटना सार्वजनिक भएको छ ।
डा प्रियंका रेड्डी हैदराबादको काँठमा जाँदै गर्दा उनको स्कूटीको टायर पंक्चर भयो ।
प्रियंका गच्चीबाउलीमा प्राक्टिस गर्न जाने गर्थिन् र उनी स्कूटीलाई टोंडुपल्ली टोल प्लाजानजिक पार्क गरेर ट्याक्सीमा गएकी थिइन् । फर्केर आउँदा उनले स्कूटी पंक्चर गरिएको पाइन् ।
त्यसपछि प्रियंकाले स्कूटी टोल प्लाजामा छोडेर ट्याक्सीबाट घर फर्कने निधो गरिन् ।
टोल प्लाजामा दुईजनाले प्रियंकालाई पंक्चर ठीक पार्ने भनेर स्कूटी लगे । उनले बहिनी भाव्यालाई फोनमा यसको जानकारी दिइन् । आफू एक्लै सडकमा उभिनुपर्दा डर लागेको उनले बताइन् । अचानक मानिसहरू आएको र ट्रकहरू ल्याइएको उनले बताइन् ।
त्यसको केही समयपछि प्रियंकाले बहिनीलाई फोन गरिन् । तर एकछिनपछि उनको फोन स्विच अफ भयो ।
त्यसपछि उनको परिवार उनलाई खोज्दै टोल प्लाजा पुग्यो । नभेटेपछि उनीहरूले शमशाबाद प्रहरी चौकीमा प्रियंका हराएको रिपोर्ट लेखाए ।
बिहीवार बिहान शमशाबाद प्रहरी चौकीसँग जोडिएको शादनगर प्रहरी इलाकामा बन्दै गरेको पुलमुनि आधा जलाइएको लाश फेला परेको सूचना आयो ।
प्रियंकाका परिवारका सदस्यले आएर हेर्दा प्रियंकाको चप्पल र स्कार्फ भेटे अनि १०० मिटर पर उनको अन्तर्वस्त्र पनि भेटे ।
अन्तर्वस्त्र भेटिएकाले उनीमाथि बलात्कार गरिएको आशंका छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिररहेको जानकारी दिएको छ ।
एजेन्सी