
विविध कारणले रिक्त रहेका संघ, प्रदेश र स्थानीय तहका विभिन्न पदहरूको पूर्तिका लागि आज उननिर्वाचन हुँदैछ ।
तीनै तहमा हुन लागेको निर्वाचन बिहान ७ बजेबाट शुरू हुँदैछ । मतदातालाई मत दिनका निम्ति साँझ ५ बजेसम्म समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
सुरक्षा व्यवस्था चुस्त बनाइएको भन्दै आयोगले ढुक्क भएर मत हाल्न मतदातामा आह्वान गरेको छ ।
उपनिर्वाचनमा कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्र तोकिएका छन् ।